धरानमा दुई जना कोरोना संक्रमितको मृत्यु

628
views

काठमाडौं, २१ कात्तिक । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा उदयपुर कटारीका १४ वर्षीय बालक र सुनसरीको धरान–१२ की ७८ वर्षीया वृद्धा रहेका छन् ।

१२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय बालक प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना भएका थिए । क्षयरोग तथा प्लीउरल इफ्यूजनसम्बन्धी रोगबाट समेत ग्रसित रहेका उनको शुक्रबार बिहान ९ः५० बजे मृत्यु भएको डा. आशिष श्रेष्ठले बताए ।

यसैगरी धरानकी ७८ वर्षीया वृद्धाको उपचारको क्रममा बुधबार राति ११ बजे मृत्यु भएको उनले बताए । साइकियाटिक सम्बन्धी समस्याबाट ग्रसित वृद्धामा कात्तिक २० गते संक्रमण पुष्टि भएको थियो ।