कोरोनाबाट सल्यानमा पहिलो व्यक्तिको मृत्यु

357
views

सल्यान । कोरोनाबाट सल्यानमा पहिलो पटक एक व्यक्तिको मृत्यु भएको छ।

शारदा नगरपालिका–१ का एक पुरुषको घरमै मृत्यु भएको हो।

कोरोना संक्रमण पुष्टि भएपछि आफ्नै घरको आइसोलेसनमा बस्दै आइरहेका ती पुरुषको शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय सल्यानले जनाएको छ। अन्य रोगबाट बिरामी भएका उनको केही दिनअघि मात्र स्वाब संकलन गरिएको थियो। मृतकको दाहसंस्कार गरिरहेकै अवस्थामा उनको कोरोना पोजेटिभ भएको सूचना अएको थियो।

प्रमुख व्यापारिक केन्द्र श्रीनगर एक हप्ता सिल

एक स्थानीयको कोरोना भाइरसबाट मृत्यु भएपछि जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगर बजार एक साताका लागि सिल गरिएको छ। संक्रमणबाट एक जनाको मृत्यु, एक व्यापारी सिकिस्त बिरामी भएको र लक्षणसहितका अन्य व्यक्तिहरु पनि फेला परेपछि बजार एक साताका लागि बजार बन्द गरिएको हो।

आइतबारदेखि कात्तिक २९ सम्म शान्तिनगर, श्रीनगर, शितलपाटीदेखि बेलघारीसम्म बिहान ६ बजेदेखि १० बजेसम्म बजार बन्द गरिएको शारदा नगरपालिका–१ का वडा अध्यक्ष नवराज बुढाथोकीले जारी विज्ञप्तिमा उल्लेख छ।

सामाजिक दूरी कायम गरी पसल तथा बैंकहरु बिहान ६ बजेदेखि १० बजेसम्म मात्र खुल्ने उल्लेख गरिएको छ। स्वास्थ्य सेवा, पेट्रोल पम्पबाहेक अन्य सम्पूर्ण सेवाहरु सो समय बाहेक अन्य समयमा बन्द रहने वडाध्यक्ष बुढाथोकीले जानकारी दिए।