नेपालमा १ लाख ९४ हजार ४५३ जना कोरोना संक्रमित, ११ सय ८ को मृत्यु

525
views

काठमाडौं, २३, कार्तिक । नेपालमा पछिल्लो २४ घण्टामा २८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । पछिल्लो २४ घण्टामा २१ जनाको मृत्यु हुँदा नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार ३५ हजार ४१९ जना कोरोनाका सक्रिय संक्रमित छन् । यस्तै संस्थागत आइसोलेसनमा ६ हजार २२२ जना र होम आइसोलेसनमा २९ हजार १९७ जना छन्। यस्तै क्वारेन्टाइनमा १ हजार १४९ जना रहेका छन् ।

पछिल्लो २४ घन्टामा १२ हजार ३११ नमूनाको पीसीआर परीक्षण भएको छ । आइतबार २८ सय १२ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । योसँगै कुल डिस्चार्ज हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । आइसीयूमा ३९८ जनाको र ८२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।