म्युजियमको अनियमितता विरुद्ध खबरदारी

475
views

पोखरा, २५, कार्तिक । नेपाल पर्वतारोहण संघको स्वामित्वमा रहेको अन्तराष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा ब्यापक अनियमितता र भ्रष्टचार भएको समाचारहरु बाहिरिएपछि सूचना अभियान्ता दीपक आचार्यको नेतृत्वको टिम संग्रहालयको परिसरमा पुगि ध्यानाकर्षण गराएको छ । उक्त टिमले कार्यालय प्रमुख लगायत सम्पुर्ण कर्मचारी राखेर अनियमितता र भ्रष्टचारको सत्य तथ्य बुझेको छ ।

पत्रकार सहित गएको सो टिमले स्थाई कर्मचारी निकालिनुको कारण, भैइरहेका कर्मचारीलाई आधा तलब दिनुको कारण सहित १२ बुंदामा सूचना माग गरेको छ । करिव १०४ रोपनीको क्षेत्रफलमा रहेको उक्त संग्रहालयको २०७० श्रावण १ देखि २०७७ कार्तिक २० सम्मको सम्पुर्ण हिसाब किताब समेत सो टिमले माग गरेको कुरा सूचना अभियान्ता दीपक आचार्यले जानकारी गराउनु भयो ।

उहाँका अनुसार अहिले कमचारीलाई आधा तलब मात्र दिईरहेको अबस्थामा अन्य खर्च गरि क्लाईमिङ वाल भत्काउनुपर्ने कारण र सोहि संस्थाका सल्लाहाकार रामचन्द्र कार्कीलाई रेष्टुरेन्टको टेन्डर दिनुपर्ने बाध्यात्मक अबस्थाको बारेमा पनि सूचना माग गरिएको छ ।

कोही कर्मचारीको कुनैपनि तलब नकाटिएको कोहिको १० प्रतिशत मात्र काटिएको र कोहिको आधा तलब काटिएको बिषयमा समेत उक्त टिमको बिशेष ध्यानाकर्षण भएको थियो ।

स्थानियका अनुसार संग्रहालय भित्र रहेको रेष्टुरेन्टमा राति १२र१ बजे सम्म होहल्ला हुने र अनैतिक कृयाकलाप हुने गरेको छ । संग्रहालयभित्र रहेको रेष्टुरेन्टलाई डिस्को र बारको रुपमा प्रयोग गर्न लागिएको स्थानिय बताउँछन ।