पर्वतको पैंयुमा थप १० र जलजलामा ३ जनामा संक्रमण पुष्टि

435
views

पर्वत, २५, कार्तिक । पर्वतको पैंयु गाउँपालिकामा थप १० जना र जलजला गाउँपालिकामा थप ३ जना गरी १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा पैंयुका चार महिला र ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

पैंयुका ३२, २१, २९ र ५३ वर्षिया महिला तथा ४१, ६०, २६, २२, ४७ र ५२ वर्षिय पुरुष र जलजलाका ३४, ३६ र ४० वर्षका पुरुष रहेका छन् ।

संक्रमित सवै कन्ट्राक्ट ट्रेसिङमा परेका रहेका छन् । संक्रमितलाई स्थानीय कोभिड अस्पताल र आईशोलेशनमा व्यवस्थापन गरिने भएको छ । पर्वतमा कोरोना संक्रमितको सख्ंया २ सय २९ पुगेको छ ।