विपन्न परिवारको निःशुल्क स्वास्थ्य बीमा

676
views

पाल्पा, २६, कार्तिक । स्वास्थ्य सेवामा आम नागरिकको पहुँच सुनिश्चिता भन्दै पाल्पाको रामपुर नगरपालिकाले अति विपन्न तथा दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिदिन थालेको छ । नगरापालिकाले जिपी कोईराला स्वास्थ्य कार्यक्रम मार्फत स्वास्थ्य बीमा गर्न सुरु गरेको हो ।

आर्थिक वर्ष २०७६र०७७ बाट बजेट विनियोजन गरी कार्यविधि तयार गरेर यस वर्ष देखि कार्यक्रम शुरु गरिएको हो । पहिलो चरणमा १ सय ८ परिवारको बीमा गरिएको नगरपालिकाले जनाएको छ ।

जिपी कोईराला स्वास्थ्य बीमा कार्यक्रमको लागि गत वर्ष ५ लाख र यस वर्ष ५ लाख नगरले बजेट बिनियोजन गरेको छ ।

यस वर्ष नगरभित्रका दलित तथा विपन्न गरी ४ सय परिवारको स्वास्थ्य बीमा गर्ने कार्यक्रम रहेको जनाएको छ । प्रति परिवार हुने एकरएक लाख रुपैयाँको स्वास्थ्य बीमा २०७७ मंसिर १ देखि २०७८ कार्तिक एक गतेसम्म रहने छ ।