चितवनमा २४ जुवाडे पक्राउ

413
views

चितवन । चितवनमा पाँच लाख रुपैयाँसहित २४ जुवाडे पक्राउ परेका छन् ।

पाँच लाख १७ हजार रुपैयाँसहित २४ जना जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । उनीहरुलाई भरतपुर महानगरपालिका(५ कैलाशनगरबाट राति पक्राउ गरिएको हो ।

स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुरा खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । पक्राउ पर्नेहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको छ ।

पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने प्रहरी उपरीक्षक गुरुङले जानकारी दिए ।