खप्तडमा हवाई सेवा सुचारु, पर्यटक बढ्ने अपेक्षा

843
views

धनगढी, ३, मंसिर । सुदूरपश्चिमको डोटी, अछाम, बाजुरा र बझाङको सीमानामा खप्तड राष्ट्रिय निकुञ्ज फैलिएको छ । यसै वर्षदेखि सुदूरपश्चिमका डोटी, बझाङ, अछामको साँफेबगरसम्म हवाई सेवा सुरु भएको छ ।

तीनै जिल्लाका विमानस्थल कालोपत्रे भएपछि हवाई सेवा सुरु भएको हो । यो संगै सुदूरपश्चिमको प्रमुख पर्यटकीय क्षेत्र खप्तड क्षेत्रमा हिमपात भएको छ ।

कात्तिकको मसान्तमै हिमपात भएको खप्तड मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद उपाध्यायले बताए । कात्तिकदेखि नै खप्तडमा हिमपात भएपछि पर्यटक बढ्ने आशा पलाएको छ ।