नेकपा विवाद उत्कर्षमा पुगेका बेला चिनियाँ राजदूतको सक्रियता

566
views

काठमाडौं, ३ मंसिर । सत्तारुढ दल नेकपाभित्रको विवाद चरम उत्कर्षमा पुगिरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता बढेको छ । राजदुत यान्छीले हिजो राति प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीसँग बालुवाटारमा डेढ घण्टा लामो भेटवार्ता गरेकी हुन् ।

कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले गत शुक्रबारको सचिवालय बैठकमा १९ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेपछि नेकपाभित्रको विवादले उत्कर्षको मोड लिएको छ । यसैबीचमा राजदुत प्रधानमन्त्रीको भेट अर्थपूर्ण मानिएको छ ।

अध्यक्ष दाहाल शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफलमै रहेको बेला राजदूत यान्छी भने प्रधानमन्त्री ओलीसँग बालुवाटारमा छलफलमा थिईन् ।