नेकपा सचिवालयको बैठक र मन्त्री परिषद्को बैठक एकै समयमा

892
views

काठमाडौं, ३ मंसिर । सत्तारूढ दल नेकपाको सचिवालय बैठक दिउँसो एक बजे बस्ने भएको छ । कात्तिक २८ गतेको बैठकले निर्धारण गरेको समयमै सचिवालय बैठक बस्ने भएको हो ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले आफ्नो ट्विटमा भनेका छन् ‘हामो पार्टीको केन्द्रीय सचिवालयको बैठक पूर्व निर्धारित कार्यक्रम अनुसार आज अपरान्ह १ बजे बालुवाटारमा बस्दैछ ।’

आजका लागि तय भएको सचिवालय बैठक केही दिनपछि सार्न अर्का अध्यक्ष ओलीको प्रस्ताव थियो । उक्त प्रस्तावलाई अर्का अध्यक्ष पुष्पकमल दाहालले अस्विकार गरेका थिए ।

नेकपा अध्यक्ष एृवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमै आज दिउँसो एक बजे मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सचिवालय बैठक तय भएको समयमा नै नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले मन्त्री परिषद् बैठक बोलाएका हुन् ।

अध्यक्ष पुष्पकमल दाहालले पार्टीको सचिवालयको बैठक र अर्का अध्यक्ष केपी शर्मा ओलीले मन्त्री परिषद्को बैठक एउटै समयमा बोलाएपछि नेकपा भित्र विवाद झन् बढेको छ ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले ओलीमाथि दर्जनौं आरोप लगाउँदै १९ पृष्ठको प्रस्ताव पेस गरेपछि शीर्ष नेताहरूकै बीच आरोप–प्रत्यारोप चरम बिन्दुमा पुगेको छ ।