बालिका हत्या प्रकरणपछि बर्दिबासमा तनाव, प्रशासनद्वारा निषेधाज्ञा

402
views

बर्दिबास, १०, मंसिर । ६ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले बर्दिवास तनावग्रस्त भएको छ ।

स्थानीयले बर्दिबासस्थित पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरी दिनभर प्रदर्शनसँगै प्रहरीमाथि ढुंगामुढा प्रहार गरेपछि जिल्ला प्रशासन कार्यालय महोत्तरीले बुधबार बिहान ९ बजेदेखि बर्दिबासमा निषेधाज्ञा गर्ने निर्णय गरेको छ ।

स्थानीयको अवरोधमा प्रहरीले गोली समेत चलाएको थियो । प्रहरीले गोली चलाउँदा ३ जना घाइते भएका छन् । आफन्तको सहमति बिनै बालिकाको शव उठाएर पोस्टमार्टमका लागि जनकपुर लागिएपछि स्थानीयले विरोध प्रर्दशन गरेका छन् ।

बलात्कारपछि हत्या भएकी ६ वर्षीया बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुर लगिएको छ ।