एकैदिन १९ सय ४८ कोरोना संक्रमित थपिए

355
views

काठमाडौं, १० मंसिर । नेपालमा कोरोना भाइरसका संक्रमितहरु दिनप्रतिदिन बढ्दो क्रममा थपिदै गएका छन् ।

आज १९ सय ४८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख २६ हजार २६ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ३ हजार १ सय ४० जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ७ हजार ९ सय ९८ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।