क्यान्सर पीडितलाई आर्थिक सहयोग

751
views

अनिरुद्र सुवेदी
इजरायल । राष्ट्र, राष्टियता, स्वभिमान र मौलिक धर्म संस्कार संरक्षकको अभियान ॐ जन जागरण नेपाल इजरायल ले धर्म संस्कृतिको संरक्षक को साथ साथै सामाजिक कायको थालनी गरेको छ । ॐ जन जागरण इजरायल कि महासचिव परोपकार मन कि धनी चितवन निवासी गौरी माया सुवेदीले ॐ जन जागरणको केन्दिय कार्यालय स्थापनाको अवसरमा नुवाकोट जिल्ला सुर्यगठी गाउपालिका–५ का ब्रेन क्यान्सर पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । आफ्नु छोरा एन्जिल चापागाईंको जन्मदिनको अवसरमा क्यानसर पीडित ४६ बर्षिय साइलो गिरीलाई बीस हजार रुपैयाँ सहयोग गर्नुभएको हो ।
यस परोपकार कार्यको लागि ॐ जन जागरण केन्द्रिय समिती, ॐ जन जागरण इजरायलको तर्फबाट सहयोगी मनलाई धन्यवाद ज्ञापन गरिएको छ ।