‘नेपाल आउँदा निकै खुशी छु’ भारतीय विदेश सचिव

578
views

काठमाडौं, ११, मंसिर । भारतीय विदेश सचिव हर्षवद्र्धन श्रृंगला दुई दिने नेपाल भ्रमणको लागि आज काठमाडौं आईपुगेका छन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका परराष्ट्र सचिव डा. भरतराज पौडेलले स्वागत गरेका थिए ।

विदेश सचिव श्रृंगलाले भने, ‘नेपालमा आउँदा निकै खुशी भएको विमानस्थलबाट प्रतिक्रिया दिएका छन् ।

म पहिलापनि काठमाडौं आएको छु । तर, फरेन सेक्रेटरीको रुपमा पहिलोपटक आज आएको हुँ । भारत र नेपाल निकटतम मित्र हुन । मेरो निकै मिटिङ हुन्छ आज । नेपाल र भारतबीचको सम्बन्ध कसरी मजबुद बनाउने भन्नेबारे ती मिटिङमा कुराकानी हुन्छन् उनले भने ।’