आर्सनल र लेष्टर सिटी नक–आउट चरणमा प्रवेश

226
views

काठमाडौं । इंग्लीश फुटबल क्लबहरु आर्सनल र लेष्टर सिटी युरोपा लिग फुटबलको नक आउट चरणमा उक्लेका छन् । गएराति नर्वेमा भएको खेलमा घरेलु टोली मोल्डेलाई ३–० ले हराएको आर्सनल समुह ‘बी’ मा सतप्रतिशत जितको परिणामसहित नक आउट चरणमा पुगेको हो ।

समुहमा ४ खेलबाट आर्सनलको १२ अंक छ भने मोल्डे र ¥यापिड वेइनको ६–६ अंक भएको छ ।

उता समुह ‘जी’ को खेलमा पोर्चुगलको एफसी ब्रागासँग ३–३ गोलको बराबरी खेलेको लेष्टर सिटी पनि नक आउट चरणमा उक्लिएको छ ।

अर्को इंग्लीश क्लब टोटनह्याम हट्सपर भने बुल्गेरियाको लुदोगोरेट्स राज्गार्डलाई ४–१ ले हराएपनि अर्को चरणमा उक्लिन सकेन ।

अर्को चरणमा प्रवेश गर्न टोटनह्यामले अब बाँकी रहेका दुई खेलमध्ये कम्तिमा १ खेल जित्नुपर्ने हुन्छ ।

गएरातिकै खेलहरुमा रोमानियाको सीएफआर क्लुजलाई २–० ले हराउँदै इटालीको ए.एस रोमा तथा चेक गणतन्त्रको एफसी स्लोभानलाई हराउँदै जर्मनीको होफेनहाइम पनि प्रतियोगिताको नक आउट चरणमा उक्लिएका छन् । एजेन्सी