चिनियाँ रक्षामन्त्रीलाई स्वागत

507
views

काठमाडौं, १४, मंसिर । चीनका रक्षामन्त्री वेई फेङहीलाई नेपालका गृहमन्त्री राम बहादुर थापा वादलले स्वागत गरेका छन् । जनगणतन्त्र चीनका टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङही नेपालको एक दिवसीय औपचारिक भ्रमणमा आज काठमाडौँ आईपुगेका छन् ।

२१ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नेपाल आएका फेङहेलाई स्वागत गर्न त्रिभुवन विमानस्थलमा गृहमन्त्री रामबहादुर थापा, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, नेपाली सेनाका रथी प्रभुराम शर्मा, नेपालका लागि चीनका राजदूत हउ यान्छी, परराष्ट्र मन्त्रालयका सहसचिव कालिप्रसाद पोखरेललगायत उपस्थित थिए । फेङहेको स्वागतमा गृहमन्त्री थापाले पुष्पगुच्छा दिएका थिए ।

कोरोनाभाइरस आउनुअघि स्वागत गर्दा हात मिलाउने चलन हुन्थ्यो। हात मिलाउन नमिल्ने भएपछि चिनियाँ रक्षामन्त्री फेङहे र गृहमन्त्री थापाले कुहिनो मिलाएका थिए ।

त्रिभुवन विमानस्थलमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै चिनिया रक्षामन्त्री फेङ्हेले पारस्परिक सैन्य सहयोग अभिवृद्धि गर्दै दुई देशबीचको विद्यमान सम्बन्धलाई थप सुदृढ तुल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको स्पष्ट गरे ।

चीन र नेपालबीच सबल एवं सुदृढ सम्बन्ध रहेको जनाउँदै उनले त्यसलाई नयाँ उचाइमा पु¥याउने लक्ष्यका साथ आफू नेपाल आएको बताए ।