पछिल्लो २४ घण्टामा १२५५ संक्रमित थपिए

417
views

काठमाडौं, १४, मंसिर । पछिल्लो २४ घण्टामा १२ सय ५५ जना कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अहिलेसम्म कुल संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ भने २ लाख १२ हजार बढी डिस्चार्ज भएका छन् । मृतकको संख्या १४ सय ७९ पुगेको छ ।