कोरोना परीक्षणमा एन्टिजेन विधि, आधा घण्टामै रिपोर्ट

335
views

काठमाडौं, १५, मंसिर । काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने सरकारले तयारी गरेको छ । एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो ।

पहिलो चरणमा काठमाडौं महानगरपालिकाका जोखिमपूर्ण स्थान र पहिचान गरी परीक्षण गर्न लागेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमु्ख बासुदेव पाण्डेको भनाई छ । कोरोना पहिचानमा एन्टिजेन परीक्षण विधि नयाँ हो । जसअनुसार परीक्षणको रिपोर्ट आधा घण्टाभित्र आउने र कुनैपनि व्यक्तिको शरीरमा कोरोना संक्रमण हुन लागेको दुई तीन दिनभित्रै भाइरस पत्ता लाग्ने जनाइएको छ ।

बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनसार यो परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता छ । एन्टिजेन परीक्षणका लागि १७ हजार किट एनआरएन जापानले नेपाल सरकारलाई उपलब्ध गराएको छ ।