पछिल्लो २४ घण्टामा १३४३ संक्रमित, १३ को मृत्यु

427
views

काठमाडौं, १८, मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १३ सय ४३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज २ हजार १ सय ११ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख २० हजार २ सय ७२ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

आज कोरोनाबाट थप १३ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १५ सय ५१ पुगेको छ ।