अमेरिकालाई चीनको त्रास

581
views

एजेन्सी, १९, मंसिर । साम्राज्य अखडा निर्माणमा अहिले दुई शक्तिशाली राष्ट्र अमेरिका र चीन उद्धत छन् । ठीक यसैबेला अमेरिकी गुप्तचर प्रमुख जोन राटक्लिफले चीन अमेरिकाका लागि सबैभन्दा ठुलो खतरा भएको प्रतिक्रिया दिएका छन् ।

दोस्रो विश्वयुद्धयता चीन विश्वभरको लोकतन्त्र र स्वतन्त्रताका लागि समेत ठुलो खतरा रहेको टिप्पणी गरेका उनले अहिले अमेरिकाका लागि खतरनाक भएको वालस्ट्रिट जर्नलमा शुक्रबार प्रकाशित लेखमा उल्लेख गरेका छन् ।

‘जनवादी गणतन्त्र चीन अमेरिकाका लागि आज ठुलो खतरा पैदा गर्दैछ,’ वालस्ट्रिट जर्नलमा शुक्रबार प्रकाशित लेखमार्फत् अमेरिकी गुप्तचर एजेन्सी नेशनल इन्टेलिजेन्सका प्रमुख राटक्लिफले टिप्पणी गरेका छन्, ‘दोस्रो विश्वयुद्धयता चीन विश्वभरको लोकतन्त्र र स्वतन्त्रताका लागि पनि ठुलो खतरा पैदा गरिरहेको छ ।’

आफूले अमेरिकी राष्ट्रपतिपछि सबैभन्दा बढी गोप्य सूचनाहरु पाउने गरेको भन्दै समग्रमा बेइजिङले अमेरिका र सिंगो ग्रहमै प्रभाव जमाउन खोजेको बताएका छन् । उनले चिनियाँ कम्युनिस्ट पार्टीको प्रत्यक्ष संलग्नतामा त्यस्ता गतिविधि भइरहेको उल्लेख गरेका छन् । बेइजिङले आर्थिक, सैनिक र प्राविधिक रुपमा विश्वभर प्रभाव जमाउने उद्देशय राखेको उनको टिप्पणी छ । चीनले अमेरिकी कम्पनिहरुका बौद्धिक सम्पत्ति लुटेर त्यसलाई विश्व बजारमा स्थान लिन थालेको छ ।

राटक्लिफले प्रमाणसहित केही बौद्धिक सम्पत्ति लुटिएको दाबी प्रस्तुत गरेका छन् । उनले अमेरिकी जनतालाई चीनले प्रभाव जमाउन खोजेको विषयबारे जानकारी दिएको उल्लेख गरेका छन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छाड्ने समय नजिकिदै गर्दा राटक्लिफको सनसनीपूर्ण लेख प्रकाशित भएको हो । उनी पनि ट्रम्पसँगै सेवाबाट जाँदैछन् ।