जिप दुर्घटनामा चारको मृत्यु, सात घाइते

357
views

सिमकोट, २०, मंसिर । गएराती हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयाको जबुका नजिकै लु २ च २१०२ नम्बरको बलेरो जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा एक बच्चासहित सात जना घाइते भएका छन् ।

सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी बोकेर सिमकोट फिर्ता हुने क्रममा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले बताए ।

मृत्यु हुनेमा सिमकोट गाउँपालिका–७ का ३० वर्षीय पर्वत सुनार, सोही पालिका वडा नं २ का २९ वर्षीय पारस बोहरा, नाम्खा गाउँपालिका–१ हेप्का गाउँका ४५ वर्षीया दुखी तामाङ र ४८ वर्षीय गुरु तामाङ रहेको प्रहरीले जनाएको छ ।