२४ घण्टामा १०२४ जनामा संक्रमण पुष्टि

381
views

काठमाडौं, २०, मंसिर । पछिल्लो २४ घण्टामा थप १०२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । ६०७४ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ भने २ लाख २४ हजार ५३ जना डिस्चार्ज भएका छन् ।

१४ हजार २५५ सक्रिय संक्रमित रहेको नेपालमा अहिलेसम्म मृत्यु हुनेको संख्या १५ सय ७७ पुगेको छ । क्वारेन्टिनमा ५३६ जना रहेको मन्त्रालयले जनाएको छ ।