राष्ट्रिय संगीतकर्मी संघ पोखरामा-तिवारी

615
views

पोखरा । राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला कार्य समितिको आयोजनामा शनिबार सम्पन्न वडा स्तरिय संगीतकर्मीहरुको भेलाले देवी तिवारीको संयोजकत्वमा ७ सदस्यिय पोखरा महानगरपालिका वडा नं. २७ को इकाई समिति गठन गरेको छ ।

समितिको सचिवमा महेश अधिकारी, कोषाध्यक्षमा सम्झना लामिछाने र सदस्यहरुमा पितृराज मरासिनी, गंगा लामिछाने, बुद्धि बहादुर लामिछाने र समिर पौडेल सर्वसम्मत चयन भएका छन् ।

कार्यक्रमको उद्घाटन राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश अध्यक्ष कृष्णप्रसाद गौतमले गरेका थिए । उनले संगीतकर्मी संघले छिट्टै आफ्नो भवन वनाउन पोखरा महानगरपालिका भित्र उपयूक्त जग्गाको खोजीमा रहेको वताउँदै संगीतकर्मीहरुको हकहितका कार्य गर्न वडादेखि नै संगठन मजवुत हुनु पर्ने वताए ।

त्यसै गरी पोखरा २७ का वडा सदस्य शेखरनाथ लामिछानेले कला संस्कृतीको संरक्षणको लागि सरकारले हरेक वडामा संगीत विद्यालय खोल्नुपर्ने वताए ।

कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्लाका सल्लाहकार तथा पत्रकार कृष्ण रानाभाटले संघले गीत संगीत कर्ममा लागेकाहरुको साथसाथै कला संगीत र नेपाली मौलिक संस्कृतिको विकास चाहने जो कोहिलाई विधान वमोजिमको सदस्यता दिइनु पर्ने वताए ।

संघका गण्डकी प्रदेश समितिका प्रथम उपाध्यक्ष करण ताामाङ, सचिव वालकृष्ण वाग्ले, सहकोषाध्यक्ष गंगा पौडेल, सदस्यहरु लिला पौडेल, कल्पना चापागाई, गोविन्द अधिकारी, कास्की जिल्लाका वरिष्ठ उपाध्यक्ष कपिल श्रेष्ठ, सहसचिव राजन सुवेदी, सांस्कृतिक विभाग प्रमुख प्रकाश सापकोटा लगाएतले शुभकामना व्यक्त गरेका थिए।

संघका अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत संगठन विस्तार प्रमुख इश्वरराज भण्डारीले र संचालन उपाध्यक्ष सागर कार्कीले गरेका थिए ।