कडा सुरक्षाबीच नेकपा स्थायी समितिको बैठक सुरु

599
views

काठमाडौं, २१, मंसिर । आज बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठक पार्टीको केन्द्रिय कार्यालय धुम्बराहीमा सुरु भएको छ । सो बैठक प्रारम्भ हुँदासम्म प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका छैनन् ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले बिहीबार (मंसिर १८) गतेका लागि बोलाइएको स्थायी कमिटी बैठक २१ गतेका लागि सार्ने निर्णय गरेको थियो ।

बुधबार पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक २० मिनेटमै सम्पन्न भएको थियो ।

धुम्बराहीमा कडा सुरक्षाका साथ बैठक सुरु भएको छ । हतियारसहित प्रहरीले कडा सुरक्षा दिएका छन् । नेपाली सेनाले तालिमप्राप्त कुकुरबाट सर्च गरेको छ । पछिल्लो समय नेकपाभित्र विवाद चुलिंदै जाँदा सुरक्षाकर्मी पार्टी कार्यालयमा बढाइएको छ ।