दार्चुलामा ट्रक दुर्घटना : तीन जनाको मृत्यु

385
views

दार्चुला । दार्चुलामा आईतबार राति ना ३ ख ३४८५ नम्बरको ट्रक भर्तोला भन्ने ठाउँमा दुर्घटनामा परेको छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

गोकुलेश्वरबाट दार्चुला सदरमुकाम खलंगातर्फ आइरहेको ट्रक दुर्घटनामा परेको हो । दुर्घटनामा परी मृत्यु भएकाहरुको सनाखत भएको छैन ।

गए राती १० बजे ट्रक दुर्घटनामा परेको खबर प्रहरीलाई आएपछि धाप प्रहरी चौकी र दत्तु प्रहरी चौकीलाई दुर्घटना स्थलमा परिचालन गरिएको थियो ।