सगरमाथाको उचाइ बढ्यो, ८८४८.८६ मिटर

735
views

काठमाडौं, २३, मंसिर । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ सार्वजनिक गरिएको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक ८६ सेन्टिमिटर बढेको सार्वजनिक गरेका हुन् ।

अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सगरमाथाको उचाइ मापन नेपाल र चीनले छुट्टाछुट्टै गरेको बताए ।

१० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।