फलेवास नगरपालिकाका ११ वटै वडामा घरेलु औजार उद्योग स्थापना हुँदै

633
views

पर्वत, २७, मंसिर । पर्वतको फलेवास नगरपालिकाका सवै वडामा घरेलु औजार उद्योग स्थापना गर्न लागिएको छ । विपन्न नागरिकहरुको आयआर्जनमा सघाउ पु¥याउने उद्धेश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो ।

यस वर्ष तीनवटा वडामा उद्योग स्थापना हुने छन् भने बाँकी चालु आर्थिक वर्षको अन्त्यतीरदेखि निरन्तर स्थापना गरिँदै लैजाने फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माले जानकारी दिए ।

यसवर्ष वडा नं. ८ ठानामौला, वडा नं. १ कार्किनेटा र वडा न.ं ४ को चुरीमा उद्योग स्थापना शुरु गरिएको छ । प्रत्येक उद्योगका लागि आवश्यक सामाग्रीहरु नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख शर्माले बताए ।

घरेलु औजार उद्यागमा ग्रामीण क्षेत्रमा आवश्यक पर्ने हसिया, बाउसा, कोदाली, बन्चरो, आरा, करौती, खुकरी, फलामका विभिन्न भाँडाकुडा, हलो, तथा तामाका भाँडाकुडाहरु निर्माण हुने छन् ।

नगरपालिकाले गत वर्षदेखि आरन सुधार अभियान अन्तर्गत आधुनिक सामाग्रीहरु वितरण गरेको थियो । नगरपालिकाले रु ३६ लाख रुपैया बिनीयोजन परेर परम्परागत घरेलु औजार उद्योगलाई प्रवद्र्धनको काम अघि बढाएको नगरप्रमुख शर्माले बताए ।

विपन्न नागरिकहरुले निर्वाहमुखि रुपमा संचालन गर्दै आएको आरन पेशालाई आधुनिकिकरण गर्दै नगरपालिकाभित्र चाहिने फलाम र तामाका सामानहरु उत्पादन गर्ने अभियान प्रभावकारी हुने नगर उपप्रमुख मन्जु अधिकारीले बताईन् ।

दलित समुदाय रहेका बस्तीलाई लक्षित गरी यो कार्यक्रम अघि सारिएको हो ।