भुक्तानी नपाएपछि उखु किसान फेरी आन्दोलित

607
views

काठमाडौं, २८, मंसिर । उखुको रकम भुक्तानी नपाएपछि राजधानीबााट उखु किसानले आन्दोलन शुरु गरेका छन् । आन्दोलित किसानले उखुको रकम वर्षौ देखि नपाएको भन्दै गत वर्षको आन्दोलनबाट सहमति भएको रकम तत्काल पाउनुपर्ने बताएका छन् ।

उनीहरु २०७६ पौष १८ गते सरकारसँग भएको सम्झौता लागू गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

लामो समयसम्म उखुको रकम नपाएपछि किसानहरुले गत वर्ष यही समयमा आन्दोलन गरेपछि सरकारसँग पाँच बुँदे सम्झौता भई चिनी मिलहरुबाट रकम भुक्तानी गराउने सहमति भएको थियो ।

त्यसको कार्यान्वयन नभएपछि उखु किसानहरु पुनः राजधानीमा आन्दोलनका लागि आएका हुन् ।