विप्लव नेकपाद्वारा धौलागिरी बन्दको आव्हान

1441
views

पर्वत, २, पौष । पर्वत कारागारमा रही उपचारका क्रममा मृत्यु भएका नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा म्याग्दीका नेता गजेन्द्र पुन ‘जगत’को शंकाष्पद मृत्यु भन्दै सो पार्टीले पुष ३ गते धौलागिरी बन्दको आव्हान गरेको छ ।

सो पार्टीको धौलागिरी व्युरो ईन्चार्ज राजनले जारी गरेको विज्ञप्तीमा पुनको मृत्युको बारेमा सत्य तथ्य सार्वजनिक गरी दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गर्दै पौष ३ गते भोली धौलागिरी बन्दको आव्हान गरेको जनाएको छ ।

विज्ञप्तीमा भनिएको छ हिरासतमै रहँदा शारीरिक र मानसिक रुपमा यातना दिइएका कारण गम्भिर विरामी हुन पुगेका पुनको उपचारमा विप्लवको मान्छे भन्दै चरम लापरवाही गरी उपचार समेत नगरेको अवस्थामा मानवअधिकारकर्मी, कानुनविद् एवं सम्बन्धित निकायलाई सत्यतथ्य छानविनको माग समेत गरेको छ ।

विज्ञप्तीमा घटनाको बारेमा सत्यतथ्य छानविन नगरी दोषिलाई कार्वाही गर्नुको सट्टा शव बुझ्न दबाब दिएकोमा घोर भत्र्सना गर्दै सत्य तथ्य वाहिर नआए थप संघर्षका कार्यक्रम गर्ने जनाइएको छ ।

धौलागिरी व्युरो ईन्चार्ज राजनद्वारा हस्ताक्षरीत विज्ञप्तीमा राजवन्दीको उपचार तथा जीवनप्रति खेलवाड नगर्न चेतावनी समेत दिइएको छ ।