तालचोकमा कोल्डस्टोर निर्माण गरिदैं

446
views

पोखरा, २, पुष । कास्कीको तालचोकमा कोल्डस्टोर निर्माण हुने भएको छ । किसानहरुले उत्पादन गरेका कृषि उपजको बजारिकरण गर्न आवश्यक रहेको बेला गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति समेत रहेका निर्वाचन क्षेत्र नं १ का प्रदेश सांसद दीपक कोइरालाको पहलमा कोल्ड स्टोर निर्माण हुन लागेको हो ।

कोइरालाले निर्वाचन पूर्वाधार विकास कार्यक्रम अन्तरगत पोखरा २७ लेखनाथ तालचोकमा कोल्डस्टोर निर्माणको लागि २५ लाख रकम विनियोजन गरेको कोईरालाले बताए ।

लेखनाथ उद्योग बाणिज्य संघले पोखरा–२७ को महोत्सव स्थल परिसरमा निर्माण गरेको कृषि उपज खरिद विक्रि केन्द्रमा कोल्डस्टोर निर्माण गरिने छ ।

कोल्ड स्टोरमा स्थानिय स्तरमा उत्पादीत कृषि जन्य वस्तुलाई खपत गरी उपभोक्तासम्म सुरक्षित तरिकाले भण्डारण गर्न सकिनेछ ।

कोल्डस्टोर संचालन गर्न पूर्वाधार विकास कार्यक्रमबाट २५ लाख रकम विनियोजन गरेको र उद्योगबाणिज्य संघले त्यसको १० प्रतिशत गरेर २७ लाख ५० हजारमा शित भण्डार निर्माण हुने कोईरालाले बताए ।