मालपोत कार्यालय पर्वतमा तोडफोड, कम्प्युटरसहित महत्वपूर्ण कागजात नष्ट

3313
views

गोपाल जिसी
पर्वत, २, पुस । मालपोत कार्यालय पर्वतमा तोडफोड भएको छ । कार्यालयभित्र प्रवेश गरी तोडफोड गर्ने एकजनालाई जिल्ला प्रहरी कार्यालय पर्वतले नियन्त्रणमा लिएको छ ।

मालपोत कार्यालयभित्र प्रवेश गरी तोडफोड गर्ने पर्वत जिल्ला जलजला गाउँपालिका वडा नं ३ साविक माझफाँटका ३० बर्षिय सुमन बहादुर खत्रीलाई प्रहरीले नियिन्त्रणमा लिएको प्रहरी निरीक्षक मनिस श्रेष्ठले जानकारी दिए ।

मालपोत कार्यालयमा काम कार्य भैरहेका बेला जग्गा राजिनामा पास गर्न आएका खत्रीले आफ्नो काम किन नभएको भन्दै कर्मचारीलाई थक्र्याउँदै एक्कासी तोडफोड गरेको कार्यालय प्रमुख मुकुन्द लामिछानेले बताए ।

कार्यालयभित्र हुने काम भैरहेका बेला आवेगमा आएका उनले काार्यालयका कम्प्युटर, हाजिरी मेसिन, ल्याप्चे मेसिन, फोटोकपी मेसिन, फोटो खिच्ने मेसिन लगायतका मेसिनहरुका साथै महत्वपूर्ण कागजातहरु नष्ट भएका छन् ।

घटना बारे थप अनुसन्धान भैरहेको र कार्यालयमा भएको क्षतिका बारेमा समेत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।