इङ्लिस प्रिमियर लिगः म्यानचेस्टर युनाईटेड विजयी

657
views

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएरातिको खेलमा म्यानचेस्टर युनाईटेडले सेफिल्ड युनाईटेडलाई पराजित गरेको छ।

ब्रमाल लेन रंगशालामा भएको खेलमा पाहुना टोली म्यानचेस्टर युनाईटेडले ३–२ गोलको जित निकाल्यो। घरेलु मैदानमा ५ मिनेटमै डेभिड म्याकगोल्डरिकको गोलबाट लिएको अग्रता जोगाउन नसक्दा शेफिल्डले लिगमा जितको खाता खोल्न सकेन। ​ म्यान्युकालागि मार्कस राशफोर्डले २ तथा एन्थोनी मार्टियलले १ गोल गरे।

सेफिल्डका लागि दुबै गोल म्याकगोल्डरिकले गरेका थिए। गएरातिको जितसँगै म्यान्यु १२ खेलबाट २३ अंक जोडेर तालिकाको छैटौँ स्थानमा उक्लिएको छ।

१३ खेल खेल्दा जम्मा १ अंक जोडेको सेफिल्ड अन्तिम स्थानमा छ।