गाईको दुध बेचेर मासिक एकलाख २० हजार आम्दानी

1047
views

जमुना तिवारी
पर्वत, ९ असार । कुनपा–९ साविक कटुवा चौपारी–१ का अशोक पौडेल र जमुना पौडेलले गाईपालनबाट मासिक एकलाख २० हजार रुपैयाँ आम्दानी गदै आएका छन् । दैनिक ६० लिटर दुध वजारमा बिक्रि गर्ने पौडेल परिवारले स्वदेशमै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरणका साथ तीनवर्ष अगाडी गाईपालन व्यावसाय शुरु गरेका थिए ।
पर्वत नमुना गाईपालन फार्म सञ्चालन गरी १५ वटा दुहुना गाई पालेका उनीहरुले मासिक तलबमा एकजना कर्मचारी समेत राखेका छन् । उनको फार्ममा अहिले ६ वटा दुहुना गाई, ९ व्याउने गाई र ३ वटा वाच्छा समेत रहेको कृषक अशेक पौडेलले बताए ।
गाईको दुध बिक्रि गरेर मासिक १ लाख २० हजार आम्दानी गरेको र गाईपालन व्यावसायका लागि प्याक कार्यक्रम अन्र्तगत १० लाख रुपैयाँ आर्थिक सहयोग पाएको जमुना पौडेलले बताईन् । गाईको स्याहार संरक्षणका लागि पानी तताउने सोलार र चिसाउने फ्रिजको समेत व्यवस्था गरेको उनीहरुको भनाई छ ।