सत्तारुढ नेकपाका ७ मन्त्रीले दिए राजीनामा

460
views

काठमाडौं, ५, पुष । संसद विघटनको विरोध गर्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट सातजना मन्त्रीहरुले राजीनामा दिएका छन् ।

शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव, खानेपानीमन्त्री विना मगरले राजिनामा दिएका हुन् ।

प्रधानमन्त्रीलाई दबाव दिनका लागि राजिनामा दिएको उनीहरुले प्रतिक्रिया दिदैं यो दुर्घटना भएको बताएका छन् ।