संसदीय व्यवस्था देखियो अब ‘संघीय जनगणतन्त्र’ स्थापना गरौं

672
views

चितवन, १०, पुस । नेकपा (क्रान्तिकारी माओवादी) चितवनले संसदिय व्यवस्था फालेर ‘संघीय जनगणतन्त्र’ स्थापना अबको आवश्यकता भन्दै चितवनको नाराणगढ पुलचोकमा विरोध कार्यक्रम गरेको छ ।

‘संघीय जनगणतन्त्र’ स्थापना गरौं भन्ने मुल नाराका साथ भएको विरोध सभामा केपी ओलीको प्रतिगामी संवैधानिक ‘कू’ का विरुद्ध सडकमा उत्रिएको नेकपा (क्रान्तिकारी माओवादी) ले तथाकथित कम्युनिस्ट सरकारका कारण देश अहिले संकटपूर्ण अवस्थामा पुगेको बताएको छ ।

जनताले दुई तीहाइको मतद्धारा नेकपा (नेकपा) पार्टीलाई सरकार बनाउने अवसर दिएको तर, संसदीय व्यवस्थाको असफलताका कारण अहिलेको अवस्था आएको छ र अब अरवौ खर्च गरेर संसदको नीर्वाचन होइन देशले संसदीय व्यवस्थाको विकल्प खोजेको छ र त्यो विकलप भनेको जनगणतन्त्रको स्थापना हो र अनिमात्र देश र जनता सुखी र समृद्ध हुने छ भन्नेमा जोड दिएका थिए ।