लुम्बिनी चिनी मिलका संचालक अग्रवाल पक्राउ

466
views

वीरगन्ज, १६, पुस । नवलपरासीको सुनवलस्थित लुम्बिनी चिनी मिलका संचालकलाई प्रहरीले पक्राउ गरेको छ । सञ्चालक मनोज अग्रवाल वीरगन्जबाट पक्राउ परेका छन् ।

उखु किसानको बक्यौता तिर्न रहेका चिनी मिलका संचालकविरुद्ध सरकारले पक्राउ पूर्जी जारी गरेपछि फरार थिए ।

नेपाल प्रहरीको अपराध महाशखाको टोलीले जिल्ला प्रहरी कार्यालय पर्सासँग समन्वय गरी अग्रवाललाइ पक्राउ गरेको हो ।

पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तका अनुसार अग्रवाललाई आवश्यक अनुसन्धानका लागि प्रहरी कार्यालयमा बोलाइएको छ, प्रहरीले पक्राउ गरेको चाहि होइन, जिल्ला प्रहरी कार्यालय नवलपरासीको आग्रहमासोधपुछका लागि बोलाइएको हो ।

लुम्बिनी चिनी मिलले उखु किसानलाई करिब १७ करोड रुपैयाँ भुक्तानी दिन बाँकी छ ।