गोर्खाल्याण्ड आन्दोलनमा थुप्रैको समर्थन, भाजपा मौन

835
views

पश्चिम बङ्गाल सरकारले बङ्गाली भाषालाई अनिर्वाय गरेसँगै चर्केको गोर्खाल्याण्ड आन्दोलन अहिले पनि जारी छ । राज्य सरकारले बङ्गाली भाषा अनिवार्य रुपमा सिक्नुपर्ने नियम ल्याएपछि आफ्नो माृतभाषा ‘लोप’ हुने भन्दै नेपालीभाषी आन्दोलनमा उत्रिएका हुन् ।
गोर्खा जनमुक्ति मोर्चाको नेतृत्वमा बिगत १४ दिन देखि दाजिर्लिङ ठप्प छ । छुट्टै गोर्खाल्याण्ड राज्य स्थापना नभएसम्म आन्दोलन नरोक्ने दार्जिलङबासीले उद्घोष गरेका छन् । गोर्खाल्याण्ड आन्दोलनको राप बढेसँगै यसप्रति समर्थन जनाउनेहरु समेत बढ्न थालेका छन् । दार्जिलिङ आसपासका अरु राज्यहरुले पनि गोर्खाल्याण्डको मागमा सर्थन जनाउन थालेका छन् ।
बिहिवार मात्रै सिक्किमाका मुख्यमन्त्री पवन चाम्लिङले दार्जिलिङबासीको छुट्टै गोर्खाल्याण्डको आन्दोलन प्रति समर्थन जनाएका छन् । उनले दार्जिलिङको आन्दोलनलाई विकासको नभई पहिचानको आन्दोलन भनेका छन् । सिक्मिको सतारुढ पार्टी सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) को बिहिवार बसेको बैठकले छुट्टै गोर्खाल्याण्डको मागप्रति सहमति जनाउने निर्णय समेत गरेको छ । उक्त पार्टीले बङ्गाल राज्यसरकारको कमदको चर्को आलोचना समेत गरेको छ । ‘दाजिलिङमा गैरकानूनी, अप्रजातान्त्रिक र असंवैधानिक काम भएको छ’, उसले भनेको छ ।
अलमलमा भाजपा
केन्द्रीय सरकाको नेतृत्व गरेको भारतीय जनता पार्टी भने गोर्खाल्याण्ड आन्दोलनप्रति अलमलमा देखिएको छ। भाजपाको दार्जि्लिङमा समेत राम्रो उपस्थिति छ । दार्जिलिङमा गोर्खा जनमुक्ति मोर्चासँग गठबन्धन बनाएर भाजपाले २२ सिट जितेको छ ।
दार्जिलिङमा मोर्चाले छुट्टै गोर्खाल्याण्डको आन्दोलन चलाए पनि भाजपा भने यसप्रति मौन छ । भाजपाले न गोर्खाल्याण्डको आन्दोलनलाई गलत भनेको छ, न आन्दोलनमा समर्थन जनाएको। ‘हाम्रो पार्टी अलमलमा छ। न गोर्खाल्याण्डको आन्दोलनलाई समर्थन गर्न सक्छ, न विरोध नै’, भाजपाका जिल्ला सेक्रेटरी शान्त किशोर गुरङ भन्छन्। भाजपालाइृ गोर्खाल्याण्डको आन्दोलनमा साथ दिँदा पश्चिमबङ्गाल राज्यको तराई भूभाग रिसाउने डर छ भने नदिँदा पाहाडी क्षेत्रका जनता रिसाउने चिन्ता छ ।
‘आन्दोलनलाई समर्थन गर्नु भनेको तराईको साथ गुमाउनु हो । जहाँ हामीलाई बङ्गाल विरोधी भनिन्छ’, गुरुङले भने, ‘समर्थन नगर्दा पाहाडी क्षेत्रको साथ गुम्छ ।’ गुरुङ आफै भने गोर्खा ल्याण्ड आन्दोलनको पक्षमा छन् ।
गोर्खा जनमुक्ति मोर्चासँग गठबन्धन बनाएर भाजपाले सन् २००९ र २०१४ मा दार्जि्लिङको लोकसभामा बिजयी भएको थियो। चुनावका बेला भाजपाले गोर्खाल्याण्डको मागप्रति सहानुभूति जनाउने गरेको छ । कतिपयले भाजपाको यस्तो दोधारे चरित्रको तिखो आलोचना गर्न थालेका छन् ।