सुदूरपश्चिमलाई हराउँदै विभागीय टोली एपिएफ फाइनलमा

639
views

दाङ । विभागीय टोली एपिएफ लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा एपिएफले सुदूरपश्चिमलाई ९ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

जितका लागि ६१ रनको विजयी लक्ष्य पछ्याएको एपिएफले १५ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्‍यो।

ओपनर ज्योती पान्डे ३८ बलमा १ चौका सहित २६ रनमा अविजित रहिन् । सरिता मगर ३५ बलमा १ चौकासहित १९ रनमा अवीजित रहिन् । कप्तान सीता राना मगर ७ रनमा आउट भइन् । कविता कुवँरले १ विकेट लिइन् ।

त्यसअघि देउखुरी क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिमले निर्धारित १६ ओभरमा ७ विकेट गुमाउँदै ६० रन बनाएको थियो ।

सुदूरपश्चिमकी कविता जोशी २१ बलमा २ चौकासहित सर्वाधिक २२ रनमा अविजित रहिन् । लक्ष्मी साउँद ३ रनमा अविजित रहिन् ।

एपिएफले उपाधिको लागि आइतबार दोस्रो सेमिफाइनलको विजेतासँग खेल्ने छ । दोस्रो सेमिफाइनलमा आजनै लुम्बिनी र प्रदेश १ भिड्ने छन्।