कोरोनाले विदेशमा थप तीन नेपालीको मृत्यु

538
views

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट पोर्चुगलमा दुई र बेलायतमा एक जना नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३ सय १५ पुगेको छ । अहिलेसम्म २० देशमा रहेका नेपालीहरुको मृत्यु भएको छ । अहिलेसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ।

संक्रमितमध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।