भारतमा कोरोनाविरुद्धको दुईवटा खोपलाई अनुमति

576
views

एजेन्सी । भारतमा दुईवटा कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । भारतको औषधि नियामक निकाय ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया ‘डीसीजीआई’ले अक्सफोर्डको खोप ‘कोभिडशिल्ड’ र भारतकै बायोटेक ‘कोभ्याक्सिन’लाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको हो ।

सिरमले अक्सफोर्ड विश्वाविद्यालय र अस्ट्राजेन्काले बनाएको खोपलाई भारतमा कोभिसिल्ड नाममा उत्पादन गर्न लागेको हो । कोरोनाविरूद्ध ‘कोभिडशिल्ड’ खोपको प्रभावकारिता ७० दशमलब चार दुई प्रतिशत रहेको बताइएको छ ।

सिरमले ५ करोड डोज बनाइसकेको छ । सेरमले यो खोप भारत सरकारलाई प्रति डोज २ सय ५० र निजी क्षेत्रलाई १ हजार भारूमा बेच्ने तयारी गरेको छ । भारत बायोटेकले बनाएको कोभ्याक्सिनको प्रभावकारिताबारे विस्तृत विवरण सार्वजनिक गरिएका छैनन् ।

डीसीजीआईले खोपलाई स्वीकृति दिएसँगै प्रधानमन्त्री नरेन्द्र मोदीले खुशी व्यक्त गर्दै मुलुकलाई कोरोनामुक्त गर्न खोपले खोपले सहयोग पु¥याउने विश्वास व्यक्त गरेका छन् ।