बेलायतमा पुनः देशव्यापी लकडाउन घोषणा

574
views

एजेन्सी, २१, पुस । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले फेरि देशव्यापी लकडाउनको घोषणा गरेका छन् । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि उनले फेब्रुअरी मध्यसम्मको लागि लकडाउनको घोषणा गरेका हुन् ।

लकडाउन घोषणा गर्दै प्रधानमन्त्री जोनसनले मंगलबारदेखि घरबाहिर निस्कन आह्वान गरेका छन् । जोनसनले यो हप्ता बेलायतको लागि निकै कष्टकर हुने जनाएका छन् । संक्रमित र अस्पताल भर्ना हुनेको संख्या बढ्दै गएपछि बेलायतमा पुनः लकडाउनको घोषणा भएको हो ।

बेलायतले अर्को महिनाको मध्यदेखि संवेदनशील शीर्ष चार समुहलाई कोरोना विरुद्धको खोप दिन शुरु गर्दैछ । हेरचाह केन्द्रमा रहेका व्यक्ति, ७० वर्ष नाघेका वृद्धवृद्धा, सामाजिक र स्वास्थ्य क्षेत्रमा अग्रस्थानमा रहेर कार्यरत कर्मचारी र जोखिमयुक्त मानिएका व्यक्तिलाई खोपको पहिलो खोप दिन लागिएको हो ।

बेलायतमा अहिलेसम्म २७ लाख बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये ७५ हजारको मृत्यु भएको छ । बेलायतमा गत २४ घण्टामा मात्रै ५८ हजार बढी संक्रमित थपिँदा थपिएका छन् । थप ४ सयको मृत्यु भएको छ । केही दिनयता बेलायतमा दैनिक ५० हजारभन्दा धेरै संक्रमित थपिन थालेका छन् ।