लिभरपुल साउथह्याम्पटनसँग १–० ले पराजित

1334
views

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल पराजित भएको छ । गएराति भएको खेलमा शीर्ष स्थानको लिभरपुल साउथह्याम्पटनसँग १–० गोल अन्तरमा पराजित भएको हो ।

हारसँगै लिभरपुल शीर्ष स्थानमा ३ अंकको अग्रता बनाउन असफल भएको छ । शिर्ष स्थानको लिभरपुलले १७ खेलमा ३३ अंक जोडेको छ ।

दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडसँग अंक बराबर भएपनि लिभरपुल शीर्ष स्थानमा रहेको छ । साउथह्याम्पटन भने छैटौं स्थानमा उक्लिएको छ । उसको १७ खेलबाट २९ अंक भएको छ ।