हाम्रो देशः–करोडौँ कुम्लाउनेलाई पुरस्कार, भविष्य बनाउनेलाई शुन्य !

1301
views

-कृष्ण शर्मा
मेरो देश ‘मेरी नेपाल आमा’ नेपाल आखिर किन ? कस्तो देश हो हाम्रो जहाँ करोडौ कुम्लाउने लाई पुरस्कार दिईन्छ र नेपाल अनि नेपालिहरूको भविष्य बनाउने नेपाल आमाका सपुतहरू लाई शुन्यमा झारिन्छ । लाखौ कुम्लाएर देश रित्ताउने अनी खुबी नहुनेहरू पदमा पुग्ने नेपालको काला सपनाहरू बाडेर जनताको रगत बगाउनेहरू होसियार हौ ? देशको बिकासमा आफ्नो शिक्षा ,सिप , ज्ञान अनी काम गरेर देखाउने लाई किन पछी पारिन्छ ।चुनाबमा कयौ चोर फटाहा ,गुन्डाहरू केही क्षमता नभएकाहरू धेरै गाउँपालिका र नगरपालिका ,महानगरपालिमा बिकासको हावा दिदै जनता लाई आखाँमा छारो हालेका छन् । जनता लाई फुस्स बनाउदैछन् । बरै जनताले बिकास रोजगारीको अबसर कहिले पाउलान् । कसै लाई ‘‘लाई ३०र ४० हजार देखी १ लाख सम्मको मोबाईल पनी चाहियो रे फेरी । १०० रूपयाँको रोजगार दिन नसक्ने देशकै ठुलो महानगरले बिदेशी दचबलम को मोबाईल किनेर जनताकै पसिना चुस्दै छ ।अनी ठुलो योजना भन्दै छ । काठमाडौमा हजारौ युवा बाहिरी पुल सडक तथा गल्ली गल्लीमा बिदेश जानको लागी घुमिरहेका छन् । अनी बिमानस्थलका ढोका बाट बाकसका बाकस नेपालिका लास फर्कीरहेका छन् । केही समय अघी देशका होनाहार नेपाली युबा लाई आत्मबिश्वास दिने कलाकार यम बुद्द ले बिदेशमा गएर जागिरै गर्नु पर्ने बाध्यताले आत्महत्या गर्न पुगेको खुलासा भएको थियो ।नेपालीहरूमा यस्ता घटनाहरू देश बिदेशमा बढिरहेको छ। कयौँ सिप तथा शिक्षा भएका युबाहरू आज बिदेशीको गुलाम गर्दैछन् ।
के देशको सम्पत्ती अनी सिप भएका नागरिक लाई सहयोग गर्नु देशको दायित्व होइन र ? मेगासेसे बिजेता डा. महावीर पुन जसले धेरैको भविष्य बनाएका छन् र बनाउँदै छन् । तर खोइ सरकारले उनको वास्ता गरेको ? यस अघि विभिन्न सञ्चारमाध्यममा सरकारले आफुलाई आर्थिक सहयोग गर्ने भनेर थुप्रै पटक झुलाएको अभिव्यक्ति समेत दिएका थिए उनले । डा. पुन लाई सहयोगका लागी अहिले देश बिदेश बाट नेपालको बिकासका लागी मन भएका नेपालीहरूले सहयोग गरिरहेका छन् । नेपालमा राष्ट्रीय आविष्कार केन्द्र बनाउन महाबिर पुनलाई सहयोगका लागी स्वतन्त्र राष्ट्रप्रेमी नेपाली एकता अभियान दक्षीण कोरियाले पनी महान सहयोग अभियान चलाएको छ ।
अभियान चलाउँदै गर्दा कोरियामा पनी सहयोग अभियान लाई रोक्न बिभीन्न चलखेल खेलियो । केही कोरियामा मै हुँ भन्ने माफियाहरूले कोरियन पुलिस लाई खबर गरेछन् ।नेपालको बिकासमा नेपालीले नै सहयोग गरेर बिकास गरेको देखी नसहने हरू पनी मौलाउदै छन् यहाँ पनी । त्यसका बावजुत पनी अहिले पुनः सहयोग अभियान सुरू गरिएको छ । कोरिया बाट समाजसेबा तथा नेपालमा हुने बिकासका बिभीन्न क्षेत्रको साथ सहयोगहरूमा सक्रीय युबा जुझारु सामजिक अभियन्ताहरू सहयोग अभियानमा लागी परेर लागेका छन् । कोरियामा जुन युबाहरू लाई साथ दिएर धेरै युबाहरू पनी सहयोग जुटाउन पहल गरिरहेका छन् । कठै ! हामी नेपालीहरू देशमा रोजगार छैन गरिबीको पिडा छ। नेपालमा बिबिध आरोह अबरोहहरू भोगेर विकासको गतिले फड्को मारेको देश कोरिया तथा अन्य देशहरूमा दुस्ख गर्न आईयो देशमै केही बिकास, रोजगार भैदिए बाँच्ने आधार हुने थियो अनी सुःख दुःख आफ्नै देशमा रमाउनुको मज्जा बेग्लै हुने थियो हामी नेपालीहरूको‘ कोरियामा एकता अभियानले देशमा देशको बिकासमा अग्रसर रहने क्षमताबान ब्यक्तीत्वहरू लाई पाईलामा पाईला जोडेर सेबामा लागिरहेको छ । धुर्मुस सुन्तली लाई मुसहर बस्ती बनाउने अभियान लगाएत अन्य सहयोग सेवाका अभियानमा कोरियाका नेपाली नेपाली मनहरू बाट उठेको सहयोग निस्पक्ष रूपले सहयोग गरेको थियो । केही समय अगाडी मेगासेसे पुरस्कार बिजेता डा. महाबिर पुनले भनेका थिए‘.मैले दिएका उपकरणहरू विमानस्थलका अधिकारीले उपयोग नगर्दा विमान दुर्घटना भयो ।

पोखरा र जोमसोम हवाई टावरका कर्मचारीको लापरबाही र निस्क्रियताका कारण तारा एयरको बिमान दुर्घटना भएको दाबी उनले गरेका थिए ।डा. पुनले आफूले हवाइ उडानका लागि सहज होस् भनेर ‘वेदर स्टेशन’ र ‘आईपी क्यामेरा’ जडान गरेर कर्मचारीहरुलाई प्रयोग गर्नसमेत सिकाएको तर, त्यसलाई उपयोग नगरिएको बताएका थिए । वाईरलेस फोन लगाएत अनी यस्ता अरु धेरै महान काम आबिष्कार गर्ने महावीरलाई सरकारले सहयोग गरेन किन ? गरेन वा गर्दैन ? खोइ त सरकारको आँखा पुगेको महावीरको वीर काममा ? डा. महाबिर पुन,कुलमान घिसीङ जस्ता धेरै नेपालीहरू छन् जसको अधभुत क्षमता छ । क्षमतावान नेपालीहरू लाई देशले साथ दियो भने देशका बिकासको गती लाई हाँक्ने क्षमता हुन्छ ।अनी देश बिकास हुने हो ।मोटरबाटो पिच गरेको ६ महिनामा बाटो बनेको हुन्छ कच्ची ।

उफ!! अनी भाडा नतिरी सबै लाई एकदिन घुमाईन्छ चुच्चे रेल गुडाईन्छ भन्न त झन् लाजै मान्दैनन् नेताहरू । नेपाल देश अरू त कुरै छाडौ । सरकार, सभासद , मन्त्रीहरू शितलनिवास, निर्मल निवास, सिहदरबार,मन्त्रालय महानगरपालिका,नगरपालिका गाउँपलिका तथा ठाउँ ठाउँमा हतारको योजना निर्माण बैठक र योजनाहरू देखि टालटुले निर्माण हुदैछन् । बजेट सकाउने नाँउमा मन्त्रालयमा नेताको चापलुसी गरेर पैसाको बिटो लानेको पनी उता लर्को छ होला । आखीर‘ कस्तो देश हो मेरो नेपाल जहाँ करोडौ कुम्लाउने लाई पुरस्कार दिईन्छ र भविष्य बनाउनेहरू लाई शुन्यमा झारिन्छ । लाखौ कुम्लाएर देश रित्ताउने अनी खुबी नहुनेहरू पदमा पुग्ने नेपालको काला सपनाहरू बाडेर जनताको रगत बगाउनेहरू होसियार ‘ लाटा जनताहरू लाई छारो हाल्दैमा देशले मुहार फेर्दैन ?   दक्षिण कोरिया ।