ट्रम्पको ट्वीटर र फेसबुक एकाउण्ट बन्द

564
views

एजेन्सी, २३, पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र ट्वीटर एकाउण्ट बन्द गरिएको छ । हिंसा भडकाउने सामाग्री सार्वजनिक गरेको भन्दै दुबै कम्पनीले एकाउण्टमा बन्देज लगाएका हुन् । फेसबुकले २४ घण्टाका लागि र ट्वीटरले १२ घण्टाका लागि ट्रम्पको एकाउण्ट बन्द गरिदिएको हो ।

फेसबुकले समेत आफ्ना नीतिलाई नै उल्लेख गर्दै २४ घण्टा ट्रम्पले आफ्नो पृष्ठमा केही लेख्न नमिल्ने बनाइएको छ ।

ट्वीटरले ट्रम्पका तीनवटा ट्वीट हटाउनुपर्ने जनाएको छ । ट्वीटरले ती ट्वीट नहटाए ट्रम्पको एकाउण्ट सधैंका लागि लक हुने चेतावनी दिएको छ । भविष्यमा यस्ता कुनै गतिविधि भएमा ट्रम्पको ट्वीटर ह्याण्डल सदाका लागि हटाउन बाध्य हुने ट्वीटरको चेतावनी छ ।