चुनाव जित्ने माहोलमा व्यवसायि सुदिप प्रधानाङ्ग

456
views

पोखरा,२३, पुस । पोखरा उद्योगावाणिज्य संघको आसन्न ३३ औं महाधिबेशनका लागि स्वतन्त्रउ म्मेदवार बनेका युवाव्यवसायी सुदिप प्रधानाङ्ग यति बेला उत्साहित बनेक ाछन् । कार्यसमिती सदस्य पदकामा उम्मेदवारी दिएका सुदिप यतिबेला मत माग्दै व्यवसायीहरुको घरदैलो र पसलमा पुगिरहेका छन् । व्यवसायीहरुले उनलाई मतदान गर्ने विश्वास दिलाएपछि सुदिप उत्साहित बनेका हुन् ।

पोखराको तेर्सापट्टी, बगर, सर्वेश्वर मार्ग पन्थीगल्ली, पृथ्वीचोक लगायतका क्षेत्रमा अहिले उनले घरदैलो गरि सकेका छन् । जहाँ पुग्छु त्यहाँका व्यवसायीहरुले दिनुभएको बचनले आफु उत्साहित भएको उनले सुनाए ।

तेर्सापट्टी फर्निचर व्यवसायि श्रीकृष्ण कतिला यो पटकको कार्यसमिती सदस्य पदमा सुदिप प्रधानाङ्गलाई मतदिने पक्षमा छन् । कार्यसमिती सदस्यका लागि भएका ले १० जनामा रोजेर सुदिपलाई नछुटाई मतदान गर्ने मनसाय उनले प्रकट गरे । युवा प्रतिनिधित्व अहिलेको आवश्यकता भएकाले पनि युवा उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ रहेको छ ।

यस्तै बगरमा भेटिएका किराना व्यवसायीजीवन ध्वजु पनि यतिबेला स्वतन्त्र युवा उम्मेदवारलाई मतदान गर्ने पक्षमा छन् । उनले सुदिप प्रधानाङ्गले युवाको प्रतिनिधित्व गरि उम्मेदवारी दिएकाले सुदिपलाई नै मतदान गर्ने बताए ।

यसैगरि पन्थीगल्लीका कपडा व्यवसायी प्रल्हाद कायस्थले सक्षम नेतृत्व सहित युवाहरुको सहभागिता मात्रै पोखरा उद्योग वाणिज्य संघको गरिमा उच्च हुने हुदा सुदिप प्रधानाङ्ग जस्तो युवा व्यवासायीले जित्नुपर्नेमा सुनाए ।

मोहोरिया टोलका सुनचाँदी व्यवसायी रञ्जन बुद्धाचार्यको रायपनि उस्तै छ । बुद्धाचार्य कार्यसमिती सदस्यमा सुदिपलाई देख्न चाहेको बतााए ।

पौष २४ र २५ गते हुने पोखरा उद्योग वाणिज्य संघको निर्वाचनकाल लागि यतिबेला व्यवसायीहरु दुइ प्यानलमा निर्वाचनमा होमिएका छन् ।