युएईका आठजना राज कुमारी १५ महिना जेल सजायमा

342
views

नवदृष्टि संवाददाता
असार, ११ । संयुक्त अरब इमिरेट्सका ८ राजकुमारीहरुलाई १५ महिनाको लागि जेल सजाय भएको छ । बेल्जियमको एक अदालतले उनीहरुलाई मानव तस्करीको आरोपमा १६ महिना जेल सजाय तोकेको हो । उनीहरुमाथि आफ्ना कामदारमाथि अमानविय व्यवहार गरेको आरोप समेत लागेको छ । अदालतले यी राजकुमारीहरुलाई १५ महिना जेल सजाय सहित जनही १ लाख ८५ हजार जरिवाना समेत तोकेको छ । उनीहरुले आफ्ना २० जना महिला कामदारहरुलाई दासीजस्तै बनाएर राखेको आरोप छ । ती महिला कामदारहरु २००८ मा उनीहरुसँग्र ब्रसेल्सको यात्रामा गएका थिए ।
राजकुमारीहरुले भने आफूहरुले यस्तो नगरेको बताएका छन् । उनीहरु अदालतले गरेको जेल सजायको फैसलाका क्रममा राजकुमारीहरु अदालतमा उपस्थित नभएको बताइएको छ । ती राजकुमारीहरु युएइका अध्यक्ष शेख खलिफा विन जायदको परिवारका रहेको बताइएको छ ।
दासी बनाएको आरोप
राजकुमारीका २० महिला कामदारमध्ये एक कामदार होटलबाट भागेर बाहिर आएकी थिइन् । राजकुमारीहरुले होटलमा एक पूरा लक्जरी फ्लाट भाडामा लिएका थिए । ती कामदारका अनुसार उनीहरुलाई २४ घण्टा काम गराइन्थ्यो । उनीहरुलाई बरन्डामा सुताउने गरेको र सास्ताहिक विदा समेत पाउथेनन् । उनीहरुलाई होटल बाहिर पनि जान दिइदैनथ्यो । साथै राजकुमारीहरुले खाएर बचेको खाना खान उनीहरुलाई बाध्य पारिन्थ्यो । उनीहरुको यस्तो समस्या हल हुन झण्डै नौ वर्ष लागेको बताइएको छ ।
महिला कामदारहरुको समस्यमा पैरवी गर्दै आएको बेल्जियमको मानवअधिकार समूहकी मारियाले बयान जारी गर्दै यस्तो लडाइ मानब तस्करीका विरुद्धको लडाइको महत्वपूर्ण कदम भएको बताएकी छिन् । बिबिसी