प्रमुख प्रशासकिय अधिकृतद्वारा शैक्षिक सामाग्री र टिफिन सहयोग

656
views

पर्वत । पर्वतको मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतले वडा नं. ५ बाजुङ्गमा रहेको जनआदर्श आधारभुत विद्यालयका ५० जना विद्यार्थीलाई टिफिन तथा २० जना विद्यार्थीलाई कापी कलम लगायतका शैक्षिक सामाग्री वितरण गरेका छन् ।

मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसान बहादुर क्षेत्रीले व्यक्तिगत खर्चमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई टिफिन र कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीे सहयोग गरेका हुन् ।

विद्यार्थीलाई उपलब्ध गराईएका सामाग्रीहरु क्षेत्रीका बुवा धनबहादुर क्षेत्री तथा आमा धन कुमारी क्षेत्रीले वितरण गरेका हु्न । प्रमुख प्रशासकीय अधिकृत क्षेत्रीले सोही विद्यालयमा एक वर्ष अगाडि एक थान प्रोजेक्टर समेत उपलब्ध गराएका थिए ।

किसान बहादुर क्षेत्री यसै विद्यालयका भुपु विद्यार्थी हुन् । उनले विद्याार्थीलाई उपलब्ध गराएको सामाग्रीलेअन्य भूतपूर्व विद्यार्थीहरुलाई समेत विद्यालयप्रतिको सद्भावका लागि उत्प्रेरणा जागृत हुने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मदत्त शर्माले बताए ।