नवलपुरमा कृषि ज्ञान केन्द्र कार्यालय स्थापना

1000
views

शोभा जिसी
नवलपरासी, २४, पुस । नवलपुरमा कृषि ज्ञान केन्द्रको जिल्ला कार्यालय खुलेको छ । यसअघि कृषि ज्ञान केन्द्र तनहँले नवलपुर जिल्लामा सम्पर्क कार्यालय स्थापना गरेर हेर्ने गरेकोमा अहिले जिल्लामै कार्यालय खुलेपछि यहाँका कृषकहरूलाई तनहुँ जानुपर्ने बाध्यता हटेको छ ।

गण्डकी प्रदेशको कात्तिक २७ को मन्त्री परिषदको वैठकले गण्डकी प्रदेशका ११ वटै जिल्लामा कृषि ज्ञान केन्द्र खोल्ने निर्णय गरेपनि नवलपुरमा बल्ल कार्यालय खुलेको हो ।

कार्यालय खुले पनि देशको बदलिदो परिस्थितिका कारण औपचारिक उद्घाटन हुन नसकेको कार्यालय प्रमुख गोपाल लामिछानेले बताए ।

कार्यालयमा १२ जनाको दरबन्दी भए पनि अहिले कार्यालय प्रमुख १ जना र शाखा अधिकृत २ जना गरि ३ जना मात्र कर्मचारी रहेको उनले बताए ।