नेपाली क्रिकेटर कुन्दन सिंहको निधन

628
views

काठमाडौं । नेपाली क्रिकेटर कुन्दन सिंहको निधन भएको छ । नेपाल क्रिकेट संघ क्यानले आज कुन्दनको निधन भएको जनाएको छ ।

मृगौला रोगबाट पीडित कुन्दनको २३ वर्षको उमेरमा जलेश्वर नगरपालिकास्थित आफ्नै घरमा निधन भएको हो । कुन्दनको दुबै मिर्गौला खराब भएको थियो ।

गत वर्षबाट उनले नियमित डाइलासि गराउँदै आएका थिए । कुन्दनले गत साउनमा कोरोनालाई भने जितेका थिए । आर्थिक अवस्था कमजोर भएका कुन्दनलाई आर्थिक सहयोग गर्न ’कुन्दन बचाउ अभियान’ समेत चलाईएको थियो ।

कुन्दनले दुई वर्ष अघि काठमाडौंमा भएको प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश–२ बाट खेलेका थिए ।