सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस

399
views

काठमाडौं । सरकारले राष्ट्रियसभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यको सिफारिस गरेको हो ।

मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको एक मन्त्रीले जानकारी दिए ।

पुस १७ गते सुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको चौंथो बैठक आइतबार जारी छ । बैठकलाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गरेपछि अधिवेशन अन्त्य हुन लागेको हो ।